बुटवलमा दाेस्राे सडक खाना महाेसत्व शुरु

टेकराज भुसाल (टेकु) 
बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ,रुपन्देहीको आयोजनामा  बुटवलको कालिका पथकाे दाेस्राे बुटवल सडक खाना महोत्सव सञ्चालन भएकाे छ ।  
सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको खाना महाेसत्वलाइ उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पाेख्रेलले बुटवललाई पर्यटकीय हबका रुपमा विकास गर्नका लागि विभिन्न कला सँस्कृति र नाचगान समेत अवलोकन गर्न पाउने गरी खाना पार्कको निर्माण तथा विकास गर्नुपर्ने बताउनु भएकाे छ।
त्यस्तै उधाेग,बन तथा पर्यटन मन्त्री लिला गिरिले नेपाल पर्यटन वर्ष २०२०घोषणा हुँदै गर्दा निर्माणाधिन भौतिक संरचनाहरु तयार हुन नसक्ने हो कि भन्ने चिन्ता नगर्न र नेपाल भ्रमण वर्ष भव्य रुपमा सफल हुने बताएका छन्।
कार्यक्रममा बुटवल उप–महानगरापलिकाका मेयर शिवराज सुवेदी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन प्रदेश नम्बर पाँचका अध्यक्ष भास्कर काफ्ले लगायतकाे उपस्थित रहेकाे थियाे।
बुटवल उप–महानगरपालिका वडा नं. ९, कालिका पथको तिनकुने चाेकदेखि शिवालय चोक सम्म १३० भन्दा बढि खानाका विभिन्न स्टलहरु रहेका छन्।
महाेसत्व १४-१६ गतेसम्म चल्ने र २ लाख बढी दर्शकले अवलोकन गर्ने र ५ करोड बढिको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले जनाएको छ।