गणेश बेल्बासे संगम
जलुके, अर्घाखाँची । कोरोना भाईरस (कोभिड–१९) बाट आफ्ना जनतालाई बचाउन शितगंगा नगरपालिकाका वडा जनप्रतिनिधिहरु घरघरमा पुगेर साबुन वितरण गर्दै सचेतना दिदैं हिँडीरहेका छन ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ७ जलुकेका वडाअध्यक्ष मोहन प्रसाद पन्थीले पनि आफनो वडामा रहेका बस्तीहरुमा स्वास्थ्यकर्मीको टोली सहित आफैँ घरघरमा पुगेर सर्वसाधारणलाई साबुन वितरण गर्नु भएको छ ।
साबुन वितरणसँगै वडा अध्यक्ष पन्थीले घरदैलो गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना पनि दिँदै आउनु भएको छ । करिब ५ दिन सम्म घरदैलो गरी वडा नं. ७ मा रहेका ८ सय ५० घरधुरीलाई १/१ वटा साबुन वितरण गरिएको जानकारी गराउनु भयो ।
प्रत्येक घरमा पुगी कोरोनाबाट नियन्त्रण तथा रोकथामका लागि बारम्बार हात धुने, मास्कको प्रयोग गर्ने, भिडभाडमा नजाने, विदेशबाट आएकाहरू संग सचेत रहने, शंकास्पद व्यक्तिहरुसंग टाढा रहने लगाएतका कुराहरुमा सचेत गर्दै साबुन वितरण गर्ने गरेको टोलीमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छ्न ।