भारतमा कोरोनाभाइरसको संक्रमणबाट पहिलोपटक डाक्टरको मृत्यु

भारतमा कोरोनाभाइरसको संक्रमणबाट पहिलोपटक डाक्टरको मृत्यु भएको छ।
इन्दौरका ६२ वर्षीय जनरल फिजिसियन डा. शत्रुघन पन्जवानीमा चार दिनअघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
उनका सहकर्मीका अनुसार उनले कुनै पनि कोरोना संक्रमित बिरामीको जाँच गरेका थिएनन्। उनी कसरी संक्रमित हुन पुगे यसबारे भने खुलाइएको छैन।।
उनको मृत्यु श्री अरविन्दो अस्पतालमा भएको हो।
डा. पन्जवानीका श्रीमती तथा तीन छोरा अस्ट्रेलियामा रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
इन्दौरमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने १ सय ७३ संक्रमित छन्।
भारतमा हाल कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न लकडाउन जारी छ। एजेन्सी