सचिन बोहोरा
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेकपा शितगंगा नगर कमिटीले शितगंगा नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषमा २ लाख १ सय रुपिया सहयोग गरेको छ ।
अहिलेको विषम परिस्थितीमा अतिविपन्न र गरिब परिवारहरुका लागी राहत प्रदान गर्न स्थापना गरेको नगर प्रकोप कोषमा नेकपा शितगंगा कमिटीले यस क्षेत्रमा रहेका नगर कमिटी तथा जिल्ला कमिटीहरु मर्फत संकलन गरिएको पहिलो चरणको सहयोग स्वरुप उत्त रकम सहयोग गरिएको नेकपा नगर कमिटी सचिव मणिराम अधिकारीले जानकारी दिनु भयो । पाटीका सदसय तथा कार्यक्रताहरु बट बिपतको बेला अप्ठेरोमा परेका नगरबासीको सहयोगको लागि उत्त रकम संकलन गरि सहयोग गरेका हुन । अप्ठेरो अबस्थामा नगरपालिका सँगै सहकार्य गर्दै नगरबासीहरुको उद्धार तथा राहतमा नेकपा सधै तयार रहेको नगर कमिटी अध्यक्ष बशन्त श्रेष्ठले बताउनु भयो ।
साथै अन्य रकम समेत संकलन गरि नगरपालिकाको राहतकोष्मा जम्मा गर्ने प्रतिवद्धता ब्यत गर्नुभयो । आन नगरपालिकाको कार्यालयमा पुगि नगर प्रमुख सुर्य प्रसाद अधिकारीलाइ उत्त चेक हस्तान्त्रण गरिएको हो । नेकपाले नेकपाका जनप्रतिनिधी, नगरकमिटी ,जिल्ला कमिटी, सक्रिय सखस्य लगायत सँग सयोग संकलन गरि राहतको लागि उत्त रकम सहयोग गरेको सचिव मणिराम अधिकारीले जानकारी दिनु भयो ।
चेक हस्तान्त्रण कार्यक्रममा नेकपाका नगर सह इञ्चार्ज कासीराम आर्चाय , किरण अधिकारी नेकपा नेता लक्ष्मण पन्थी कार्यालय सचिव ऋषि घिमिरे लगायतको उपस्थित रहेको थियो ।