अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लकडाउनको समयमा एसईई परिक्षाको तयारी गरेर घरमै बसेका बिद्यार्थीहरुलाई लक्षित गरि रेडियो मालारानी ९५.७ मेगाहर्जले आज देखी एसईई पाठशाला प्रशारण गरेको छ ।
बिहान १० बजे देखी दिउसो ४ बजे सम्म अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली र कम्प्युटर विषयको पठनपाठन गरिन्छ । हरेक विषयको कक्षा हरेक दिन ४५ मिनेट सञ्चालन हुनेछन । सामुदायीक रेडियो मदन पोखराको सहकार्यमा उक्त कार्यक्रम प्रशारण हुने छ ।
दुरशिक्षा रेडियो कार्यक्रमले माध्यमिक शिक्षा परिक्षा एसईईको तयारी गरेर बसेका बिद्यार्थीहरुलाई थप सहयोग पुग्ने बिश्वास लिएको रेडियोका स्टेशन म्यानेजर नबिन केसीले बताउनु भयो ।