सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले नयाँ बर्ष २०७७ को अबसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पोख्रेलले एक प्रेस वक्तव्य प्रकाशित गरि स्वदेश तथा बिदेशमा रहनुहुने संपूर्ण दाजुभाई तथा दिदीबहिनी हरुको सुख,शान्ति र समृद्धिको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको उहाले निकालेको शुभकामना सन्देशमा उल्लेख छ ।
पोख्रेलले नयाँ बर्ष लाई नेपाली जनताले उत्साह र उमंगको रुपमा मनाउँदै आएको भएपनि यस पटक कोरोना भाईरस (कोभिड-१९ )जस्तो माहामारीको सन्त्रास र यस सँग जुध्नु पर्ने गंभिर चुनौती हाम्रो सामु आएको भन्दै सिङ्गो विश्व समुदायलाई नै अस्तव्यस्त पार्ने गरि आएको यो चुनौती लाई परास्त गर्न अहिले स्थानिय सरकारले महत्त्वपूर्ण भुमिका खेलिरहेको बताउदै देश बासी संपूर्ण दाजुभाइ दिदीबहिनी हरुको आपसी सहयोग र एकता बाट यो कठिन अबस्था लाई परास्त गर्न सकिने भन्दै आ आफ्नो ठाउँ बाट सहयोग सहकार्यको माध्यमबाट अगाडि बढन आग्रह गर्नु भएको हो ।