अर्घाखाँचीडट्कम संवाददाता
गाेखुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका विभिन्न ठाउँमा मंगलवार परेको अबिरल बर्षासंगै परेको चट्याङले गर्दा लाखौं रुपैयाको क्षति पुराएको छ ।
हिजो परेको अबिरल बर्षासंगै परेको च्याट्नले गर्दा रेडियो मालारानी ९५.७ मेगाहर्जमा रेडियोको यन्त्र उपकरणमा क्षति पुग्दा ४ लाख ५० हजार भन्दा बढीको नोक्सान पुराएको हो ।
रेडियो मालारानीका प्रमुख नविन केसीका अनुसार अहिले प्रबिधि जडान गरि प्रसारणलाई निरन्तरता दिएको छ ।
यस्तै मालारानी गाउँपालिका वार्ड नम्वर ९ गाेखुङ्गाको सिमेदेउरालीमा रहेको भगवती मन्दिरमा मंगलवार साँझ चट्याङ परेको छ । चट्याङले मन्दिरकाे भित्तामा प्वाल पारि सामान्य क्षति पुगेको स्थानीय शिक्षक रामकृष्ण घिमिरेले जानकारी दिनुभएको छ ।