सुर्य भुसाल
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ९ अर्घाका उपभोक्ताहरुका लागि गर्लाम- मैदान लिफ्ट खानेपानी आयोजना अगाडि बढेको छ ।
गर्लाम-मैदान लिफ्ट खानेपानी याेजनाको लगत स्टिमेट अनुसार पहिला नै टेन्डर प्रकृया समेत सम्पन्न थियो । लुम्बिनी अर्घाखाँची जेभि कन्ट्रक्सन प्रा.लिलाई ठेक्का परेकाे थियो । चालू आ.व २०७६/०७७ मा सन्धिखर्क नगरकार्यापालिकाबाट रु २६८११८१९.८९ पैसा बजेट विनियोजन भएकाे थियो ।
उता साविक अर्घा गा.वि.स १ र २ मा पहिले पनि धारापानी लिफ्ट खानेपानी संचालन भएकाे तर विबिध कारण जस्तै २०७२ सालकाे भुकम्प,उपभोक्ताहरुकाे लापरबाही,प्राकृतिक प्रकाेप र जलवायु परिवर्तन आदि कारण ले गर्दा पानीकाे मुहान सुक्दै गएकाे र अहिले त्याे ठाउँ धारापानी मा पानी निकै कम भई उपभोक्ताहरुलाई पनि निकै गाह्रो भएकाे छ । तर खानेपानीकाे वास्तविक समस्या नबुझि र बुझ्न समेत नखाेजी स्थानीय उपभोक्ताहरुलाई अतिरन्जित गरि सामाजिक संजालमा हार गुहार गरेकाे कुरामा कुनै सत्यता नभएकाे स्थानिय समाजसेवी तथा उपभोक्ता समिति का वरिष्ठ उपाध्यक्ष सराेज भुसालले बताउनु भयाे ।
पहिले देखि चलिअाएकाे धारापानी लिफ्ट खानेपानी संचालन काे प्राविधिक जिम्मा लिएका जिम्मेवारी वाट पानी तान्ने माेटर काे नियमित ख्याल नगर्ने, समयमा खाेल्ने र समयमा बन्द नगर्ने ,नियमित चेकजाँच नगर्ने लगायतका थुप्रै कमजाेरिका कारण माेटर विग्रिएकाे र एक पटक मर्मत गरेतापनि पुःन त्यस्तै अवस्था भएकाे र पानीकाे मुहान सुक्दै गएका कारण हाल त्यस ठाउँमा कुनै काम अगाडि नबढाई अर्घा वासिलाई नै प्रसस्त पानी पुग्ने गरि गर्लाम- मैदान लिफ्ट खानेपानी याेजना लाई अगाडि सारेकाे सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार वि. क (किशाेर) ले बताउनु भयाे । उक्त नयाँ याेजना संचालन काे लागि वार्ड देखि केन्द्र सम्मका जनप्रतिनिधि र राजनिती दलका नेताहरुकाे समेत लामाे समय वाट निरन्तर भुमिका रहेकाे छ ।
विश्वब्यापि रुपमा फैलिरहेकाे काेराेना भाईरसकाे असरलाई ख्याल गरि खानेपानी याेजना लगत्तै संचालन हुने र अागामी अार्थिक वर्षमा सम्पन्न हुने गरि संचालन गर्ने पनि उपप्रमुख वि.क ले बताउनु भयाे । अर्घा एेतिहासिक,धार्मिक,साँस्कृतिक र जातिय दृष्टिकोणले पनि अत्यन्तै महत्त्व रहेकाे छ ।
उक्त स्थानमा बाईसे, चाैविसे राजाहरुले राज्य गरेकाे एेतिहासिक अर्घा दरवार रहेकाे छ । अर्घाखाँची जिल्लकै शक्तिपिठकाे रुपमा स्थापित अर्घा भगवती मन्दिरमा अर्घाकाे पुर्णिमा लगायतका विभिन्न चाडपर्वहरुमा हजारौं काे संख्यामा भक्तजनहरुकाे उपस्थिति हुने भएकाे र खानेपानी काे राम्राे व्यवस्थापन गर्नु पर्ने भएकाेले पनि याे याेजना नगरपालिका कै गाैरवकाे याेजना सावित भएकाे छ ।
भाैगाेलिक हिसावले उच्च स्थानमा रहेकाे र पानीका मुहानहरु प्रसस्त मात्र मा नभएका र कुनैकुनै मुहान प्राकृतिक प्रकाेपका कारण सुक्दै गएकाे कारण खानेपानी प्रयाप्त मात्र मा हुन नसकेकाे र बजेटमा कुनै समस्या नभएकाे याे याेजना सम्पन्न गरे पश्चात एक घर एक धारा जडान भए पछि मात्र चिन्ता मेटिने अन्यथा अाफुलाई पनि निकै चिन्ता भईरहेकाे उपप्रमुख वि.क ले बताउनु भयाे ।
संचालन हुन लागेकाे गर्लाम- मैदान लिफ्ट खानेपानीकाे मुहान निकै ठुलाे रहेकाे र अर्घा बासिलाई प्रसस्त पानी पुग्ने र लापरबाही नहाेस भन्ने हुतुले घरघरमा मिटर जडान गर्ने जनाउनु भएकाे छ । उक्त याेजना गुणस्तरीय,भरपर्दो,दिगाे र व्यवस्थित रुपमा संचालन गर्नकाे लागि समिति समेत गठन गर्न पर्ने भएका ले वार्ड भित्र रहेका जनप्रतिनिधि,राजनीति दल र स्थानियहरुकाे व्यापक भेला गरि ९ जनाकाे समिति गठन गरिएकाे छ उपभोक्ता समितिका सचिव तुल्सिराम रायमाझी ले बताउनु भयाे ।
समितिमा देहायका व्यक्तिहरु रहनु भएकाे छ:-
अध्यक्ष : राम वहादुर रायमाझी
वरिष्ठ उपाध्यक्ष : सराेज भुसाल
उपाध्यक्ष : वसन्त वि.क
सचिव: तुल्सिराम रायमाझी
सहसचिव : नारायण श्रेष्ठ
काेषाध्यक्ष : निमा वि.क
सदस्य : रामजी परियार
सदस्य : कमला थापा
सदस्य : सविता वि.क