अति बिपन्न ब्यक्तिहरुलाई सहयोग गर्दै चुत्राबेसीका युवा व्यवसायी हक्किम खान

सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा ब्यापार ब्यबसाय गर्ने युवा ब्यबसायी हक्किम खान २७ बर्षको उमेरमा नै करोड पति बन्ने ब्यबसायी हुन् । 
सामान्य फेन्सि चुरा पसलबाट ब्यबसाय गरेका हक्किम सन्धिखर्क चुत्राबेसीका अहिले स्थापित ब्यबसायी  हुन उनले होलसेल फेन्सी सामान बेच्नुको साथै  बिभिन्न जुता चप्पल कम्पनीको अर्घाखाँची अधिकृत किक्रेता समेत हुन् ।
दु:खी पिडितको सेवा गर्न मन पराउने हक्किमले अहिले बिश्वब्यापी माहामारीको रुपमा रहेको कोरोना भाईरसबाट बच्नका लागि चेतना फैलाउनुको साथै बिभिन्न अति बिपन्न ब्यक्तिहरुलाई सहयोग समेत गर्दै आएका छन् । 
हक्किमले अहिले बिभिन्न ठाउँबाट पैदल यात्रा गरि आउने र खान नपाउने पिडित भए आफुलाई खबर गर्न समेत आग्रह गरेका छन् । पिडितलाई सहयोग गर्न पाउदा आफु अत्यान्तै हर्षित हुने गरेको उनको भनाई छ । 

अन्य समाचारहरु