अर्घाखाँचीडट्कम संवाददाता
डाँडाकटेरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका डाँडाकटेरीको क्वारेण्टाइनमा रहेका ७ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) टेस्ट नेगटिभ आएको छ ।
नेगटिभ आएका ७ जनालाई थप एक हप्ता घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने गरी घरमा पठाएको मालारानी गाउँपालिकाकाले अर्घाखाँचीडट्कमलाई जानकारी दिएको छ ।
यो सँगै अर्घाखाँची जिल्लामा अहिलेसम्म ३३ जनाको आरडीटी) टेस्ट नेगटिभ आएको छ ।