शितगंगा नगरपालिकाभर ३२ जना क्वारेन्टाइनमा, ५९ जना घरको सेल्फ क्वारेन्टाइनमा

अराज बेल्बासे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) बैशाख ११ । अर्घाखाँचीको शितगंगा नगरपालिकाका बिभिन्न स्थानमा गरि ३२ जना क्वारेन्टाइनमा रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । 
लापेमा रहेको क्वारेन्टाइनमा ८ जना बाग्लुङबाट आएकाहरु रहेको तथा वडा नम्बर १ को हल्देमा काठमाडौ लगायत स्थान बाट आएका ६ जना रहेका छन यस्तै वडा नम्बर ९ मा आज पोखराबाट आएका हरु समेत क्वारेन्टाइनमा रहेको वडा अध्यक्ष भिम केशीले जानकारी दिनु भयो ।
यस्तै नगरपालिकाको निग्रानीमा होम क्वारेन्टाइनमा ५९ जना रहेको स्वास्थ शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो । काठमाठौ बाट २ दिन सम्म आएकाहरु ५९ जनालाइ नगरपालिकाले फारम भरेर निग्रानीमा राख्ने गरि घरमा पठाएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो ।
पोखरा बुटवल भैरहवा लगायतका क्षेत्र बाट करिव ५० जना अझै आउने तयारीमा रहेको पौडेलले जानकारी दिनु भयो ।
हल्देमा हिजो नगरपालिका प्रमुख,उपप्रमुख स्वास्थ शाखा प्रमुख प्राथमिक स्वास्थ चौकी प्रमुख लगायतले स्थलगत अनुगमन गर्नु भएको थियो ।   

अन्य समाचारहरु