कृष्ण परियार
बैशाख–१२,अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउपालिका ५ बागी आल्सामारेमा पानीको भल तर्काउने क्रममा झडप हुदाँ एक जना गम्भिर घाईते भएका छन् ।
विहिवार विहान देखि नै परेको पानीको भल तर्काउने विवादले साझ एक आपसमा झगडा हुदा एक जाना गम्भीर घाइते भएका हुन । हिमाल परियारको घर पछाडि बाट भल खन्ने क्रममा मेरो घरमा भल नलगाईदे भन्दै एक आपसी झगडा हुदा चुरामडी खनालले हिमाल परियार लाइ पछाडि बाट झुक्यायर दाउराको चिरपटले हान्दा टाउकोमा गम्भीर चोट लागेको छ। घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचार पछि थप उपचारको लागी बुटवल पठाईएको अस्पतालले जनाएको छ ।
अभियुक्त लाई रातिनै ईलाका प्रहरि कार्यालय खनले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइको खन ईलाका प्रहरी प्रमुख मदन ठाकुरले जानकारी दिनु भएको छ ।