सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लाले वार्ड भित्रका किसानहरुलाई मकैको बिउ बितरण गरेको छ ।
वार्ड अध्यक्ष सहितका जनप्रतिनिधि अरुको रोहवरमा उन्नत जातको नगरपालिकाबाट प्राप्त भएको मकै बिउ त्यहाँका बास्तबिक किसानहरुलाई बितरण गरिएको वार्ड अध्यक्ष राजेन्द्र भुसालले जानकारी दिनु भयो ।
बिउ बितरण गर्दा १ दुई दानामा समस्या देखिएको तर वार्ड कार्यलय तथा जनप्रतिनिधिहरुको बढिनाम गर्ने गरि सामाजिक सन्जालमा कुहिएको मकै बिउ बितरण गरेको भनि प्रचार गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै भ्रममा नपर्न सम्पुर्ण वार्डबासीलाई वार्ड अध्यक्ष राजेन्द्र भुसालले निकालेको बिज्ञप्तिमा उल्लेख छ ।
भुसालले अहिले पनि कोरोना बिरुद्ध जनचेतना फैलाउदै आउनु भएको छ ।