-सुर्य प्रसाद भुसाल
छत्रगन्ज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकालाई प्रदेस नम्बर ४ को राजधानी पोखराका ब्यबसायीहरुले कोरोना रोग नियन्त्रणकालागि पिपिई सेनिटाईजर थर्मल गन लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
छत्रदेव गाउँपालिकालाई प्रदेस नम्बर ४ को राजधानी पोखरामा औषधी ब्यवसाय गरि बस्ने औषधी ब्यबसायीहरुले ठुलो मात्रामा कोरोना रोग नियन्त्रणका लागि पिपिई सेनिटाईजर थर्मल गन लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल उपाध्यक्ष तुल्सादेवि श्रेष्ठ प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसाल सहितका स्वास्थ्य शाखाका कर्मचारीहरु जनप्रतिनिधिहरुको रोहवरमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनु भयो ।
छत्रदेव गाउँपालिका पोखरामा औषधी ब्यबसाय गर्ने ति दाताहरुलाई गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले धन्यवाद दिदै बिश्वब्यापी फैलिएको कोरोना रोग नियन्त्रणका लागि छत्रदेवबाट पोखरामा ब्यवसाय गर्ने औषधी ब्यबसायीहरुले गाउँपालिकाबासीलाई गरेको माया र स्वास्थ्य सामाग्री हस्तान्तरणले आफुहरु हर्षित भएको बताउदै आगामी दिनमा पनि पुर्ण रुपमा सहयोगको अपेक्षा गरिएको बताउदै ब्यबसायीक सफलताको शुभकामना सहित धन्यवाद दिनु भएको थियोे ।
हस्तान्तरण कार्यक्रममा सबै कर्मचारीहरुको तर्फबाट प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसालले उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरु कोरोना रोग नियन्त्रणका लागि गाउँपालिकाका सबै स्वास्थ्य सस्थामा उपलक्ष्य गराउने बताउनु भयो ।
छत्रदेव गाउँपालिकाको बिपत ब्यबस्थापन कोषमा सबैभन्दा बढि आर्थिक सहयोग उठेको छ भने गाउँपालिका नेपालकै नमुना गाउँपालिकाको रुपमा परिचित छ ।
गाउँपालिकामा सुसासन पार्दसितालाई मुख्य प्राथमिकता दिएर काम गरेपछि स्थानिय छत्रदेव बासिहरु अत्यन्तै हर्षित छन ।छत्रदेव गाउँपालिकामा जनता आवास कार्यक्रम समेत सुरु गर्नका लागि टेन्डर आहावान गरिएको छ भने निकै पारदर्शी काम गर्ने भष्टचार निर्मुल पार्ने जनताको काम छिटोछरितो गर्ने काममा अध्यक्ष लेखनाथ पोख्रेल र प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसाल लागि परेपछि नेपालकै नमुना गाउपालिका छत्रदेव गाउँपालिका हुनेमा सबैले चर्चा गर्ने गर्दछन ।