मालारानी – ३ मा ठुलो भ्रष्ट्रचार, दुई जना १४ दिन खनदह क्वारेन्टाइनमा बसेको खर्च रु. ५३,५००

अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ३ खनदह क्वारेन्टाइनको खर्चमा ठुलो अनमियता भएको छ ।
मालारानी गाउँपालिका वार्ड नं ३ खनदहको आदर्श माविमा रहेको क्वारेन्टाइनमा दुई जनाको १४ दिन बसेको खर्च रु. ५३,५००  (त्रिपन्न हजार पाँच सय रुपैया) खर्च भएको हो । यस वार्डका  अध्यक्ष शोभाखर खनाल हुन् ।
यस वार्डले दुई जनाको १४ दिन बसेको खर्च रु. ५३,५००  (त्रिपन्न हजार पाँच सय रुपैया) खर्च गरेको छ । यो रु. ५३,५०० भनेको ठुलो अनमियता हो ।
उता अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार मालारानी वार्ड नम्बर ४ का वडाअध्यक्ष बिष्णु पोख्रेलले दुई जनाकै १४ दिनको खर्च ३,७४५ (सैतिस सय पैंतालीस रुपैया) खर्च गरेका छन् । पोख्रेलका अनुसार यहाँ बसेका २ जनालाई सबै सुविधा दिएको हो ।
यि  ३ र ४ वार्डको हिसाब गर्दा वार्ड नं. ३ ले  ४९ हजार ७ सय ५५ रुपैया अनमियता गरेको देखिन्छ ।
मालारानी गाउँपालिका वार्ड नं ३ खनदह सधैं विवादमा आएको छ । यस वार्डमा स्थानीय तहको चुनाब २०७४ मा निर्वाचित अध्यक्ष जिवन चौहानको निधनपछि गत २०७६ म‌सिर १४ गते शनिवार सम्पन्न  उपनिर्वाचनमा कांग्रेसका शोभाखर खनालले ११५९ ल्याई विजयी भएका थिए ।
उता अर्घाखाँची जिल्लाका सबै नगरपालिका, गाउँपालिकामा ठुलो भ्रष्ट्रचार हुँदै आएको छ । जिल्लाभरका प्रतिनिधि, नेताहरु, व्यापारी, ठेक्दारहरुको मिलोमतोमा वार्षिक अरबौ  रुपैया अनमियता भएका समाचारहरु बाहिर आईरहेका देखिन्छन् । जसको कारण जिल्लाभरका पेट्रोल पम्पमा पानी हालेर बेच्ने व्यापारीदेखि जन प्रतिनिधि, नेताहरु, ठेक्दारहरुले महङा कार चढ्नेदेखि सन्धिखर्क, बुटवल, काठमाडौं महल खडा गरेका छन् ।