माधव खनाल
ढाकावाङ, अर्घाखाँची बैशाख ३१,२०७७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङमा लकडाउनले अरु क्षेत्रमा प्रभाव पारेतापनी वार्डबासीहरुको घरघरमा भाडा माज्ने जुठेल्नो भाडा सुकाकाउने चाङ्ग र हातधुने पिलेटहरु धमाधम निर्माण भइरहेका छन् ।
वार्ड नम्बर १ को सहयोग र प्रकाश सचेतन समूह प्राग अर्घाखाँचीको सहजीकरणमा संचालित पुर्ण सरसफाइ अभियान अन्तर्गत (साविकको ढाकावाङ्ग ६) ओखटे साम्नेगाउन राजिमे आमडाँडा गिद्दागौडा छेडापोखरी गेरुमाटा अमलधारा धपखोला सिउडेनीमा संरचनाहरु धमाधम निर्माण भैराखेका छन् .
गत माघ महिनामा प्रकास चेतन समूह प्राग अर्घाखाँचीका निर्देशक प्रेमनारायण गैरे, कार्यक्रम संयोजक सुमन ढुङ्गाना, कार्यक्रम अधिकृत राजन भुसाल र वार्ड सहजकर्ता माधव खनालले सहजीकरण गरिएपछि स्थानीयहरुले यी संरचनाहरु निर्माण गरिएको भगवती टोलसुधार समितिका अध्यक्ष रामबहादुर नेपालीले जानकारी दिनुभयो ।
यो कार्यक्रम अन्तर्गत भुमिकास्थान नगरपालिका वार्ड न १ का करिव एक हजार घरदुरी लाभान्वित भएका छन् ।