अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म १ करोड ११ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ जम्मा भएको छ ।
मालारानी गाउँपालिकाको राहत कोषमा विभिन्न व्यक्ति, संघ- संस्थाबाट अहिलेसम्म १ करोड ११ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ जम्मा भएको हो । यस्तै मालारानी गाउँपालिकामा अहिलेसम्म ८४५ परिवारलाई २० किलोको दरले राहत वितरण गरेको छ ।
यस्तै मालारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई बताए अनुसार यहाँ हाल ६ जना क्वारेन्टाइनमा रहेका छन् । १०४ जना घर फर्किएका छन् । १८३ खाली बेड छन् ।
साथै अहिलेसम्म ७६६ जनाको श्वास प्रस्वास सम्वन्धी (एआरआई) स्वास्थ्य जाँच भएको छ ।
यस्तै मालारानी गाउँपालिकामा भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या ४५० पुगेको छ ।
मालारानीमा अहिलेसम्म १४ ठाउँमा क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म ४७० बेडको क्षमता रहेको छ ।