लकडाउनको सदुपयोग गर्दै सन्धिखर्कका स्थानीयले चलाए सरसफाई अभियान (फोटो सहित)

सन्तोष कुमार के.सी
 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १ शान्ति बगैचा टोल बिकास अन्तर्गत रहेको पशुपति बेकरी लाईनका स्थानीयबासीले लकडाउनको सदुपयोग गर्दै सरसफाई अभियान सञ्चालन गरिरहेका छन् । 
बर्षौदेखि ढल निकासको लागी जग्गा विवादको कारण ढल निकासको समस्या भोग्दै आएका स्थानीयवासी टोल बिकास समिति, सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय अर्घाखाची र स्थानीयवासीको पहलमा ढल निकासकोको लागी बाटो खुलेपछी स्थानीयवासी उत्साहित भई शान्ति बगैचा टोल बिकास समिति अर्घाखाँचीको अग्रसरता बिगत ५ दिनदेखि सरसफाई अभियानमा खटीरहेका छन् ।
 
अर्घाखाँचीडट्कम अनलाइन न्यूज संस्करणसंग कुरा गर्दै शान्ति बगैचा टोल बिकास समिति अर्घाखाँचीका अध्यक्ष भेष बहादुर के.सी. ले भन्नुभयो” स्वस्थ र समुनुन्त राष्ट्रको  प्रमुख आधार भनेको स्वच्छ र सफा समाज हो। त्यसको लागी सबै भन्दा महत्वपूर्ण कुरा प्रत्येक घर र समाजलाई स्वच्छ हुनु जरूरी छ।
समाज स्वच्छताको लागी व्यवस्थित ढल निकास अनिवार्य कुरा हो। हामीले बर्षौ देखी ढल निकासको लागी जग्गा विवादको कारण ढल निकासको समस्या समाधान गर्न विभिन्न किसिमले पहल गर्दै आएका थियौ, जुन अहिले आएर सफल भएको छ। त्यसैले लकडाउनको सदुपयोग गर्दै नगरपालिकाको सहयोगमा स्थानीय जनश्रमदान मार्फत सरसफाई अभियान सञ्चालन गरिरहेका छौ”, उहाले भन्नु भयो । 

अन्य समाचारहरु