जलुकेमा हालसम्म भारतबाट आउनेको संख्या २१ पुग्यो, सबैलाई क्वारेन्टाइनमा व्यवस्थापन

माधव प्रसाद बेल्बासे
जलुके, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नं. ८ जलुकेमा हालसम्म भारतबाट आउनेको संख्या २१ जना पुगेको छ । क्वारेन्टाईनमा बसेका सबैलाई पटक पटक गरी सीमाबाट उद्धार गरी ल्याईएको थियो ।
सबै जनालाई वडा नं. ८ स्थित लाहापे माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा राखिएको वडा कार्यालयले जनाएको छ । क्वारेन्टाईनमा बसेकाहरुले नास्ता समेत व्यवस्था गर्न माग गरे छन । नगरपालिकाले क्वारेन्टाईनमा बस्ने प्रति व्यक्ति प्रति दिन रु. १ सय ६० उपलब्ध गराएको छ ।
बिहान साँझ समेत नपुग्ने गरी छुट्याईएको उक्त रकम अपुग रहेको भन्दै क्वारेन्टाईनमा बस्ने व्यक्तिहरूले आफुसंग गुनासो पोखेको वडा अध्यक्ष आलेले बताए । “कम रकम छुट्याएको भन्दै स्थानिय स्तरमा खाना पकाउने व्यक्तिले समेत खुवाउन नसक्ने भन्दै गुनासो पोखेका छन । स्थानिय स्तरमा खाना पकाउनेले महंगी कहाँ पुगी सक्यो, छाकको ८० रुपैंयामा खाना नखुवाउने बताएको कुरा उल्लेख गर्दै अध्यक्ष आलेले उक्त रकम अपुग रहेको उनले बताए । उनले भने, “दुई छाक सम्म पनि खुवाउन धौधौ पर्‍यो, नास्ताको त कुरै छाडौं भन्दै नगरपालिकाबाट उक्त दर बढाउन माग गरेका छन ।
भारतबाट आउने क्रम जारी भएसंगै आज उक्त क्वारेन्टाईनको बेड क्षमता बढाएर ८० पुर्‍याईएको छ । साथै आधारभूत मापदण्ड पुरा गर्ने व्यवस्थापन कार्यमा वडा कार्यालय अगाडी बढेको अध्यक्ष आलेले बताए ।
पछिल्लो समय भारतबाट आउने संख्या बढेसंगै तयारीमा जुटेको उनले बताए । क्यारेन्टाईन निर्माण तथा व्यवस्थापनमा स्थानिय जनप्रतिनिधी, विभिन्न पार्टीका प्रतिनिधी, स्वास्थ्यकर्मी, युवा, बुद्धजिवी लगाएतको सहयोग रहेकोमा अध्यक्ष आलेले सबैलाई धन्यवाद समेत दिएका छ्न ।
यस संकटको घडीमा यसलाई सामना गर्न सबै मिलेर सम्भव भएकाले त्यसको लागि निरन्तर साथ सहयोग आवश्यक रहेको बताए । उनले क्वारेन्टाईनमा बसेका नागरिकहरुले क्वारेन्टाईनका नियम पालन गर्न अनुरोध गरेका छ्न । सरकारकारले लागु गरेका स्वास्थ्य सम्बन्धी निर्देशन पालना गर्न अनुरोध गरेका हुन् ।

अन्य समाचारहरु