सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची जेठ १७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल कुसल सक्षम सव्छ छबिको प्रशासकको रुपमा परिचित छन् ।
लामो समयसम्म जागिरे जिबनको अनुभव बटुलेका भुसाल छत्रदेव गाउँपालिकामा आएपछि सुशासन पार्दर्सिता र अनुसासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको कारण छत्रदेवमा बिकासले दुर्त गति लिएको हो ।
भुसालले आफ्नो कार्यकालमा गाउँपालिका भित्रको सबै समरचना तुरुस्तदुरुस्त पार्ने अनियमिततालाई निरुत्साहित गर्ने सुसासन कायम गर्ने आर्थिक पार्दर्सिता मितब्यिता गर्ने लगायतका धेरै सुधारका कामहरु गरिरहेका छन् ।
गाउँपालिका भित्र स्वास्थ्य शिक्षा खानेपानी कृर्षि पर्यटनलाई पहिलो प्राथमिकता दिऐर काम गरिएको छ । छत्रदेव गाउँपालिका भित्र प्रदेस कै राम्रो र ठुलो खेल मैदान निर्माण हुँदैछ भने छत्रमाहाराज जाने सिडि आकासे पुल सैलिमा निर्माण गरिएको छ । जसको परिकल्पना कार अधिकृत भुसाल हुन ।
गाउँपालिकामा वार्ड कार्यालयहरु निर्माण स्वास्थ्य चौकीहरु निर्माण खानेपानी सडक प्रशासनिक भबन निर्माण जस्ता सयौं योजनाका कामहरु भएका छन् भने कुनै सम्पन्न कुनै निर्माणाधिन छन् ।
भुसालले गाउँपालिका भित्रको कर्मचारी प्रशासनलाई प्रभाबकारी बनाउदै जनताको काम छिटो छरितो गर्ने मुस्कान सहितको सेवालाई दिनु भष्टचारको निर्मुलिकरण गर्नुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको स्थानियले बताउछन् ।
गाउँपालिका भित्र एैन कानुन बनाउने बिकासका कामलाई अगाडि बढाउने काम गरिरहेका भुसाल बिहान देखि राति अबेरसम्म ल्यापटपमा गाउँपालिकाको बिकास योजना प्रशासनिक कामका बारेमा खटिएका हुन्छन् ।
भुसाल गाउँपालिकामा सरुवा भई आएपछि जनताले सहज तरिकाबाट काम तथा सेवा लिने गरेका छन् । कुशल राष्ट्र सेवक कार्यालय प्रमुख गाउँपालिकाले पाएपछि बिकासले गति लिएको स्थानियबासीहरु बताउछन् र भुसालको खुलेर प्रशंसा गर्ने गरेका छन् ।