जनक के.सी
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड नम्बर २ सितापुरका क्वारेन्टाइनमा रहेकालाई नास्ताको अभाव देखिएपछि चिउरा भुजा र दालमोट बितरण गरेको छ।
सितापुरका क्वारेन्टाइनमा रहेका १२२ जनालाई नास्ताको अभाव देखिएपछि चिउरा भुजा र दालमोट बितरण गरेको हो ।
अरूको खोसेर खानेहरूलाई आफुसँग भएको बाढेर खानु पर्छ भन्ने सन्देश दिदै जन्मघर सितापुर झिर्राका राम बहादुर बस्नेत (सुबेदार काइला) को कान्छा छोरा हिरा बस्नेतले यहाँका सरस्वती माबिमा ५० जना, शान्ती आधारभुत घुम्टीमा रहेका ३८ जनालाई, जनता आधारभुत धारामा २३ जना र शान्ति आधारभुत झिर्रा छापाचौर क्वारेन्टाइनमामा बसेका ११ जना गरी १२२ जनालाई मिक्स चिउरा भुजा दालमोटको प्याकेट करिब ४/५ दिनलाई हुने नास्ता आफ्नै हातले बितरण गरेका थिए ।
यस्तै शान्ती आधारभुत टिक्करीमा पनि १६ जनालाई दिएको बताएका छन् । उनी मुना चिउरा उद्योगका सह प्रोपाटर हुन् । समाजिक क्षेत्रमा दिन दुखीलाई सहयोग गर्दै आएका उनी अर्घाखाँचीमा चिउरा स्वाइबिनका आधिकारिक बिक्रेतापनि हुन् । बिगत ७ बर्षदेखि शिवराज नगरपालिका चन्द्रौटामा कर्म थलो बनाएर बस्दै आएका छन् ।