सन्धिखर्क नगरपालिकामा उपप्रमुख काेराना संक्रमित भएपछि सबै कामकाज,सेवा बन्द, कर्मचारीहरु होम क्वारेन्टाइनमा बस्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची २६ जेठ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले उप– प्रमुख ठाकुर कुमार वि.क काेराना संक्रमित भएपछि कार्यालयका सबै कामकाज र सेवा बन्द गरेको छ । 
उप– प्रमुख ठाकुर कुमार वि.क काेराना संक्रमित भएपछि नगरपालिका कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई जोखिम बढेको भन्दै कार्यालयका सबै कामकाज र सेवा भोली जेठ २७ गतेदेखि बन्द गर्ने भएको हो । 
नगरपालिकाले एक विज्ञप्ती निकाली नगरपालिका कार्यालयमा काम गर्ने सबै कर्मचारीहरुको भोली मंगलबार पिसिआर परिक्षण गरिने र पिसिआर परिक्षणको नतिजा नआउन्झेल आ- आफ्नो घरमा छुट्टै कोठामा बस्ने गरी होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । 
अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो। नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ। 
मंगलबार सन्धिखर्क नगरपालिकाका उप– प्रमुख ठाकुर कुमार वि.कलाई काेराना पाेजिटिभ देखिएको छ ।
उप– प्रमुख विक कोरोना लकडाउन शुरु भएदेखि नियमित रातदिन उद्वार व्यवस्थापन खटिएका थिए । यस्तै उनले मध्यरातमा भारतबाट आउनेलाई गाडीमा राखेर क्वारेन्टाइनसम्म पुराउने, खानाको व्यवस्था गर्नेमा खटिएका थिए ।   
उपप्रमुख विकले आफु जनताकाे सेवामा जाँदा लागेकाे भन्दै बाँकी समय पनि जनता लागि नै सदुप्रयाेग गर्ने बताए।
यस्तै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक सहित सोमबार अर्घाखाँची जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ३१ जनामा काेराना पाेजिटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा काेराना संक्रमितको संख्या ३५ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्‍यु हुनेमा १ जना रहेको छ ।
काेराना पाेजिटिभ देखिएका सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा १ जना उपप्रमुख ठाकुर कुमार विक, वार्ड नम्बर ६ नरपानीको विध्या विनायक आधारभुत बिधालय र भृकुटी आधारभूत बिधालय क्वारेन्टाइनमा १२ जना, वार्ड नम्बर ७ खाँचीकोटकाे आदर्श माबि १० जना, चन्द्र प्रभा माबि क्वारेन्टाइन  ५ जना गरी १६ जना = कुल  २९ जना,  शितगंगा नगरपालीकाको वडा नम्बर १० जनजागृती माबिको क्वारेन्टाइनमा बसेका १८ बर्षिय एक जना पुरूष र  पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी  शिबमदन माबिमा क्वारेन्टाइनमा बसेका २० बर्षिय पुरूषको कोरोना १ जना हुन् । जसमा २९ जना पुरुष २ जना महिला रहेका छन् । 
खाँचीकोटको आदर्शमाबी, चन्द्र प्रभा माबि, नरपानीको विध्या विनायक आधारभुत बिधालय नरपानी र भृकुटी आधारभूत बिधालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०,३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० वर्षीय पुरूष रहेका छन्।  
जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा सोमबार आएको पीसीआर परिक्षण रिपोर्टमा ३१ जनामा काेराना पाेजिटिभ देखिएको हो । १ जना बाहेक अरु सबै भारतबाट आएका थिए । 
उता नयाँ संक्रमित ३१ जनामा अहिलेसम्म लक्षण नदेखिएको बताईएको छ ।  संक्रमित व्यक्तिको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।  
साथै उपप्रमुख ठाकुर कुमार विकको परिवार, नजिक संपर्कमा आएका सबैको पीसीआर परिक्षण गरिने भएको छ ।  
अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो। नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ। विक नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन् । भारतबाट आएकाको प्रत्यक्ष सम्पर्कमा रहेकाले उनलाई कोरोना लागेको हुनसक्ने अनुमान गरिएको छ ।
उता यसअघि  ज्येष्ठ २४ गते शनिवार छत्रदेव गाउँपालिकाको  वार्ड नं. ५  छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएको थियो । यस्तै ज्येष्ठ २२ गते विहीवार शितगंगा  नगरपालिकाको  वार्ड नं. ४  ठाडा स्थित  ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा र  गत ज्येष्ठ १२ गते सोमवार  पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो । 
ति ४ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ । 
यस्तै परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका कृष्ण बहादुर गैरे, वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।     

अन्य समाचारहरु