अफगानिस्तानको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री रोबर्ट गैट्सले हिजो बोल्दै नेटो तथा अफगानी फौजले दक्षिणी भागको सैनिक कार्वाहीमा केही बिजय प्राप्त गरे तापनि भावी अफ्गानको सामु अझ बढी कठिन संघर्ष देखापर्ने बताउनुभयो।
श्री गैचले हिजै अफ्गानी राष्ट्रपति हामिद कार्जाईसँग वार्ता गर्नुभएको थियो। वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा श्री गैट्सले उक्त कुरा औँल्याउनुभएको हो।
अफ्गानिस्तानको सैनिक कार्वाही सफल हुने वा नहुने भन्ने कुरा अफ्गानी सुरक्षा फौजको निर्माण अवस्थामा भरपर्ने कुरामा पनि श्री गैट्सले जोड दिनुभयो।
गत फेब्रुअरी छब्बीस तारिखका दिन अफ्गान सरकारले मोटामोटी रुपमा तालिबानको महत्वपूर्ण पकड क्षेत्र मार्जाको नियन्त्रण गरिसकेको घोषणा गरेको थियो।