विश्व व्यापार संगठनले हिजो सार्वजनिक एक प्रतिवेदनमा हाल विश्व आर्थिक पुनःरुत्थानको भविष्य बताउन नसकिने र यसवर्ष विश्वको बेरोजगारी प्रतिशत पनि धेरै उच्च रहने छ भन्दै बीस मुलुक समूहले व्यपार संरक्षणवादको विरोध गर्न ताकिता गरेको छ।
सो प्रतिवेदनमा गतवर्षको सेप्टेम्बर महिनादेखि यसवर्षको फेब्रुअरी महिनासम्म बीस मुलुक समूहका केही सदस्य मुलुकले मौद्रिक सङ्कटका लागि व्यापार रोक्नेसम्बन्धी कदम चालेको बताउनुभयो। बीस मुलुक समूहले गतवर्ष आयोजित दुई शिखर सम्मेलनमा दिएको वचनबद्धता हालसम्म पालना भएको छैन।