पाकिस्तानको लाहोरमा भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु

काठमाडौं – पाकिस्तानको लाहोरस्थित भीड भरिएको क्षेत्रमा बिहीबार भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये आधा दर्जन भने सुरक्षाकर्मी छन् ।

आत्मघाती हमलामा अन्य सयौं सर्वसाधारण घाइते भएको THE TIMES OF EARTH ले जनाएको छ । आत्मघाती हमला सुरक्षाकर्मीको सवारीलाई लक्षित गरी दुई ठाँउमा एकैपटक भएको हो । आत्मघाती हमलाको कसैले पनि जिम्मेवारी लिएका छैनन् ।

पाकिस्तानमा केही दिनयता चरमपन्थी हमला तीब्र भएको छ । पछिल्लो पटक मात्र सोमबार भएको आक्रमणमा १३ जनाको ज्यान भएको थियो ।