शितगंगाको वार्ड नं. ६ जुकेना, ८ जलुके र ९ सिद्धारामा वार्ड परिषद सम्पन्न

घनु गाहा
सिद्धारा, अर्घाखाँची । शितगंगा नगरपालिका वार्ड  नं. ९ सिद्धाराको वडा परिषद  सम्पन्न भएको छ ।
परिषदबाट आगामी आर्थिक वर्ष ०७७/७८ मा भौतिक पूर्वाधार विकाश अन्तरगत सडकको स्तरोन्नित, सिचाँई मर्मत तथा सुधार जस्ता विषयवस्तुलाई प्राथामिकता राखिएको छ । भने सामाजिक विकाश तर्फ शिक्षा, स्वास्थ्य, खेलकुद, संचार जस्ता विषयलाई प्राथमिकता राखिएको छ। आर्थिक विकास तर्फ कृषि, पशु जस्ता विषयलाई प्राथमिकता दिएको छ । संस्कृति प्रबर्द्धन तर्फ पनि जोड दिएको वडा सचिव हेमन्त कुमार भट्टराईले जानकारी दिनु भयो ।
कार्यक्रममा वडा प्रतिनिधी, विभिन्न टोलको नेतृत्व गर्ने प्रतिनिधि, नेकपाका स्थानिय नेता पदम केसी, चुमानसिंह परियार, रातो संचार प्रालिका अध्यक्ष गणेश बेल्बासे संगम संवाददाता लगायतको उपस्थिति रहेको थियो ।
वडा परिषद वडा अध्यक्ष भिम केसीको अध्यक्षता र वडा सचिव हेमन्त कुमार भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
जुकेनामा ६ को वडा परिषद  सम्पन्न
विक्रम आचार्य
शितगंगा नगरपालिका वडा नं. ६ जुकेनाको वडा परिषद  सम्पन्न भएको छ ।
परिषदबाट आगामी ०७७/७८ मा भौतिक पूर्वाधार विकाश अन्तरगत सडकको स्तरोन्नित, मर्मत तथा सुधार जस्ता विषयवस्तुलाई प्राथामिकता राखिएको छ । त्यस्तै सामाजिक विकाश तर्फ शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता राखिएको छ भने आर्थिक विकास तर्फ सिचाँई, कृषि, पशु जस्ता विषयलाई प्राथमिकता दिएको वडा सचिव नारायण पाण्डेले बताउनुभयो।
वडा सदस्य शोभा विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपाका नेता मणि अधिकारीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष रिषी रेश्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपाका नेता तिलक भाट, नेपाली कांग्रेसका स्थानिय नेता टामलाल ज्ञवाली, सिद्धार्थ आ.वि. का प्रअ नेत्र पोख्रेल, रातो प्रेसका संवाददाता विक्रम आचार्य, सागर परियार, हस्त ब. लामिछाने, भुपाल सारु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जलुकेमा ८ को वडा परिषद  सम्पन्न 
शितगंगा नगरपालिका वडा नं. ८ जलुकेको वडा परिषद  सम्पन्न भएको छ ।
परिषदबाट आगामी आर्थिक वर्ष ०७७/७८ मा भौतिक पूर्वाधार विकाश अन्तरगत सडकको स्तरोन्नित, सिचाँई मर्मत तथा सुधार जस्ता विषयवस्तुलाई प्राथामिकता राखिएको छ । सामाजिक विकाश तर्फ शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विषयलाई प्राथमिकता राखिएको छ। आर्थिक विकास तर्फ कृषि, पशु जस्ता विषयलाई प्राथमिकता दिएको छ । शुसासन तथा संस्कृति प्रबर्द्धन तर्फ पनि जोड दिएको वडा अध्यक्ष रुकेश आलेले जानकारी दिनु भयो ।
कार्यक्रममा वडा प्रतिनिधी, विभिन्न टोलको नेतृत्व गर्ने प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, रातो संचार प्रालिका अध्यक्ष गणेश बेल्बासे संगम लगायतको उपस्थिति रहेको थियो ।
वडा परिषद वडा अध्यक्ष रुकेश आलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु