अर्घाखाँचीडट्कम संवाददाता
चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिकामा आकाशे घैटा खानेपानी आयोजनाको सामाजिक दुरि कायम गरि सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ ।
चिदिकामा निर्माण हुने ५१ वटा आकाशे घैटा खानेपानी आयोजनाको बारेमा सामाजिक दुरि कायम गरि सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको हो ।
चिदिकामा छत्रदेव गाउँपालिकाले ५१ वटा आकाशे घैटा खानेपानीका लागि १० लाख रुपैया विनियोजन गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष तुल्सादेबि श्रेष्ठ, प्रमुख प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालको उपस्थितिमा सार्बजनिक सुनुवाइ गरिएको थियो ।