बाँगीको उदीयमान जनजागृति क्लबद्वारा मालारानी मन्दिरमा बृक्षारोपण सम्पन्न

विमल चौहान
बाँगी, अर्घाखाँची असार ३१ ।  उदीयमान जनजागृति क्लबको आयोजनामा “समृद्धिको आधार स्वच्छ प्रयावण पहिलो पूर्वाधार “भन्ने नारालाई सार्थक बनाउन क्लबले आज मालारानी मन्दिरको वरिपरि बृक्षारोपण गरेको छ।
 मन्दिरमा कपुर,दालचीनी ,बकाइनो ,निमपत्ता सेतो गुलाफ ,बारमासे र दशै तिहारमा फुल्ने फुल  लगायतका  १०० भन्दा माथि बिरुवाहरु रोप्ने  कार्यक्रम सम्पन्न  भएको छ।
कार्यक्रममा मन्दिर व्यवस्थापन  समितिका उपाध्यक्ष लोकबहादुर बस्नेत ,कोषाध्यक्ष छविलाल खनाल ,सदस्य खिमान्द खनाल र क्लबका तर्फबाट कोषाध्यक्ष चिरञ्जीवी चौहान ,बृक्षारोपण कार्यक्रमका संयोजक तथा प्रवक्ता विमल चौहान ,रुद्र चौहान ,प्रदीप चौहान ,बसन्त चुदाली ,जमुना ,अञ्जना,विमला, शिद्दार्थ चौहान लगायतका व्यक्तिहरुको  उपस्थिति रहेको थियो।
क्लबले यस अघि पनि यस्तै रचनात्मक कार्यहरु गर्ने क्रममा राहत कोष तथा समस्या परेका व्यक्तिहरुलाई आर्थिक सहयोग ,रक्तदान कार्यक्रम ,क्लबको भवन निर्माण  र मालारानी ५ डढुवामा रहेको श्री  जनता आधारभूतमा विद्यालयमा   बृक्षारोपण कार्यक्रम सम्पन्न गरी सकेको छ ।    
व्यवस्थापन  समितिका उपाध्यक्ष बस्नेतले ” क्लबको रचनात्मक कार्यले  आफुहरुलाई थप उर्जा मिलेको र आगामी दिनमा यस्तै कार्यमा हातेमालो गर्ने वचन दिनु भयो ।क्लबका प्रवक्ता चौहानले “मन्दिर व्यवस्थापन  समितिले आफुहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियोे “। 
विरुवा संकलनको  लागि  क्लबका  संरक्षक रामबहादुर चौहान र वरिष्ठ उपाध्यक्ष अशोक चौहानले सहयोग गर्नु भएको हो।