भुमिकास्थान नगरपालिकाका १० वटा वार्डका अति बिपन्न परिवारलाई राहत बितरण

हिम बहादुर जिसी लेकाली 
नुवाकोट, अर्घाखाँची २०७७ श्रावण २ । सेन्ट जेभिएस कलेज काठमाण्डु , नेपाल जेस्वीड साेसियल ईन्स्टिच्युट ,नेपाल नाजारेथ साेसाईटि नवज्योति काठमाडौकाे संयुक्त सहयाेगमा भुमिकास्थान नगरपालिकाका १० वटा वार्डका अति बिपन्न परिवारलाई राहत बितरण गरिएकाे छ ।
नेपाल जेस्वीड साेसियल ईन्स्टिच्युट प्रमुख फादर रोएकाे अध्यक्षता र शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रेशम थापाले सहयाेग पुर्‍याउने ३ वाेटै संस्था लाई धन्यबाद ब्यक्त गर्नु भएको छ । उहाले प्राप्त राहत सामाग्री लाई सहजिकरण गरि बितरण मा सहयाेग पुर्याउने बताउनु भयाे । 
कार्यक्रम उप प्रमुख खडानन्द बेल्वासे वडा अध्यक्ष तथा नगर प्रबक्ता बाबुराम पन्थी सुनार , पत्रकार महासंघका अध्यक्ष हिम लेकाली , लगायतले शुभकामना मन्तब्य राख्दै अप्ठ्यारोमा हातेमालो गर्ने सस्थालाई धन्यवाद ज्ञापन गर्नु भएकाे छ ।
कार्यक्रमकाे बिषयबस्तुमा सेन्ट जेभियस कलेज काठमाण्डुका आउट्रिज कार्यक्रम संयाेजक माेहन बन्जाडेले प्रकाश पार्नु भएको थियाे ।
ती संस्थाले भुमिकास्थान नगरका २ सय ८१ बिपन्न परिवारलाई प्रति परिवार २५ केजी चामल,२ केजी दाल,१ लिटर तेल,१ केजी नुन,हात धुने साबुन एक पिस सहयोग गरेका हुन् । यस्तै भुमिकास्थानको अग्रभागमा खटिने स्वास्थ्य र सुरक्षाकर्मीहरुलाई ५० पिस र जिल्ला प्रशासनलाई ५० गरि १ सय वटा पिपिइ सेट सहितको स्वास्थ्य सामाग्रीका झोला सहयोग प्रदान गरेका छन् । ती सामाग्रीहरू आज र भाेली नगरकाे समन्वयमा बितरण गरिने भएको छ ।
कार्यक्रममा नगरपालिकाका जन प्रतिनिधि,कर्मचारी ,पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे ।

अन्य समाचारहरु