अर्घाखाँचीडट्कम संवाददाता
बामरुक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दिनहुँजसो परिरहेको बर्षाद सँगै पाखोबाट पहिरो खस्न थालेपछि अर्घाखाँची जिल्लाको अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर ७ हंसपुरको बामरुकका कयौ बस्ती खतरामा परेको छ ।
सडक जथाभावी रुपमा खनिएका कारण हंसपुरको बामरुकका माथि – तल पट्टिको पाखोबाट पहिरो खस्न थालेपछि जोखिम बढेको हो ।
यस्त्तै सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा पक्की पर्खाल नलगाएका कारण हंसपुरको बामरुकका बस्ती जोखिममा परेको छ ।
यस्तै हंसपुरका कयौ गाउँमा पहिरो गएको र ठाउँ – ठाउँमा पहिरो जान लागेको भन्दै स्थानियबासी त्रासमा छन् ।
कमजोर भू–धरातल भएको पाखोमा डोजर चालकले आफ्नै ढङ्गले खनेको सडक भूगोल नबुझिकन अहिले विस्तार गर्दा पहिरोको जोखिम बढेको स्थानियबासीले बताए । हंसपुरका सडक स्तरोन्नतिका नाममा जताततै डोजर लगाएको देखिन्छ ।
माथी कम्जोर भू–भाग तलबाट कटान गर्दा खिल्जीका अधिकांश बस्तीहरु जोखिममा परेका छन् । विकास निर्माणका नाममा जथाभावी माटो कटान गर्दा यहाँका दर्जनौ बस्ती जोखिममा परेका हुन् ।
यहाँ हंसपुरमा सडक स्तरोन्नतिका नाममा ठेक्दार, जनप्रतिनिधी, राजनितिक दलको मिलेमतोमा कच्ची पर्खाल लगाउने, मिलाएर कटान नगर्ने जस्ता काम हुँदै आएका छन् ।