बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– गणेश खनाल – अर्घाखाँची टाईम्स सहयोगी – सन्धिखर्क
अर्घाखाची ५ चैत्र – गर्मी मौसम शुरु भएपछि वन जंगलमा लाग्ने आगालागी र डढेलो नियन्त्रण गर्न अर्घाखाची जिल्लामा घरदैलो अभियान शुरु गरिएको छ ।
गत वर्ष डढेलोबाट जिल्लाका विभिन्न स्थानमा रहेका वनमा ठुलो मात्रामा वन, जंगलसगै करोडौ रुपैयाको काठको नोक्सान भएपछि डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले सचेतना र प्रचारात्मक अभियान शुरु गरेको हो ।
गत वर्ष जिल्लाको सिद्धारा, जलुके, जुकेना, सिमलपानी,, नरपानी लगायत १० गाविसको २५ सामुदायिक वन र राष्ट्रिय वनमा गरि जिल्लाको २५ हजार हेक्टरमा रहेको वन डढेलाले नष्ट गर्दा एक करोड भन्दा बढीको मुल्यमान काठ, विरुवा र घाँस नष्ट भएकाले यसवर्ष यसलाई रोक्न यो अभियान चलाईएको सहायक जिल्ला वन अधिकृत रामचन्द्र कँडेलले वताउनु भएको छ ।
अभियान अन्तर्गत डढेलो लागिहाले नियन्त्रण गर्ने तरिका र उपायको बारेमा पनि समुदायमा जानकारी गराईएको छ । वर्षेनी आगलागी भएर करोडौको काठ र वन नोक्सान हुने सिद्धारा, जलुके, जुकेना, सिमलपानी, नरपानी, ठाडा लगायतका गाविसमा विशेष सर्तकर्ता अपनाईने वन कार्यालयले जनाएको छ ।
डढेलो लागिहाले नियन्त्रण गर्न र गाउँलेलाई सचेत पार्न सहायक जिल्ला वन अधिकृत रामचन्द्र कँडेलको संयोजकत्वमा प्रहरी, सेना, प्रशासन, सञ्चारकर्मी, रेडक्रस, गैर सरकारी सस्थाका पदाधिकारी सम्मिलित सात सदस्यीय जिल्ला आगालागी, तथा डढेलो नियन्त्रण समिति गठन गरिएको छ । अर्घाखाची जिल्लामा ६७ हजार २३ हेक्टर क्षेत्रफल वन जंगल रहेको वनले जनाएको छ । अर्घाखाचीको प्रत्येक क्षेत्रमा सचेताना सरुप जिल्ला वन कार्यालयले भिडीयो डकुमेन्टि समेत देखाईरहेको छ ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।