दिपेन्द्र खत्री
खनदह, अर्घाखाँची साउन १४ (अर्घाखाँचीडट्कम) । कठिन यात्रा जहाँ स्थानीयहरु बाटो कालोपत्रेको पर्खाइमा छन।
रिडि सुर्खेत सडक खण्डमा पर्ने अर्घाखाँचीको देउराली खनदह मोटर बाटो जनप्रतिनिधिहरुको ध्यानाकर्षण नजाँदा यात्रुहरुले सास्ती भोग्नु परेको छ।
बर्खायामकाे समयमा झरी परीरहेको छ । साना-साना खोला नालाको पनि वहाव बढेको छ ।वर्षायामा आकाशे पानीले माेटर बाटो पनि छेदबिच्छेद र हिल्याम्मे पारेको अबस्था छ।अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालीका भित्र पर्ने देउराली खनदह सडक मध्ये मालारानी गाउँपालीका वडा नः १ र २ वडा भित्र पर्ने चाैरी, धियुपानी,दिप,डाडाकटेरी सम्मकाे सडक निकै बिग्रिएको छ।
बाईक,कार,ट्याक्सी,चल्न नस्कने अबस्थामा छ भने ठुलाे सबारी साधन,जिप,बस,पनि चल्न नस्कने अबस्थामा छ।जस्मा एम्बुलेन्स पनि हिड्न नसकेकाे अबस्था हाे।यातायात संचालकले पनी सास्ती भग्नु परेकाे छ।यस सडक खण्डमा सम्बन्धित निकायको ध्यानाकर्षण नजाँदा पैदल यात्रीहरुले समेत सास्ती भोग्नु परेको छ।त्यहि पैदल यात्री मध्य बसन्त के,सी पनि एक हुन,उनी भन्छन,ठुला सवारीसाधन त कुरै छाडै विरामी भएर उपचारको लागि हस्पिटल जान सम्म सकिँदैन।यसमा सम्बन्धित निकायले छिटो ध्यान दिनु पर्याे।
त्यस्तै सवारी संचालक भन्छन,अाम्दानी गर्ने समयमा विश्वभर मामारीकाे रुपमा फैलिएको काेराेना भाईरस काेभिड (१९)ले गर्दा नेपाल पनि लकडाउन भयाे।जस्काे कारण अाम्दानी गर्ने साेत्र वाट पनि बन्चित हुनुपर्याे,जब लकडाउन खुल्याे बाटाकाे हालत यस्तो, यसमा छिटोभन्दा छिटो सुधार गर्नु पर्छ।
उक्त सडक खण्डमा पर्ने देउराली खनदह मोटर बाटो व्यवस्थित हुन सकिरहेको छैन।मौसमको खराबीका कारण जनप्रतिनिधिहरुले सडक व्यवस्थित पार्न समेत सकस भईरहेकाे छ।सडकको यस गम्भीर बिषयप्रति उक्त क्षेत्रका जनप्रतिनिधिहरुलाई छिटो भन्दा छिटो सडक व्यवस्थित गर्नु पर्ने देखिन्छ ।