अर्घाखाँचीडट्कम संवाददाता
ठुलापोखराका, अर्घाखाँची । छत्रदेव गाउँपालिका वार्ड नं. ६ ठुलापोखराकाका एक आगलागी पीडितलाई ठुलापोखरा – रुपन्देही सम्पर्क समाजको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ ।
ठुलापोखराकाका आगलागी पीडित मिन बहादुर मुखियालाई ठुलापोखरा सम्पर्क समाज रुपन्देहीको पहलमा आर्थिक सहयोग प्रदान गरिएको हो ।
ठुलापोखरा सम्पर्क समाज रुपन्देहीका संयोजक गोविन्द प्रसाद बन्जाडेको सकृयतामा संकलित ८० हजार रकमको चेक एक कार्यक्रमका बिच पिडित मिन बहादुर मुखियालाई उपलब्ध गराईएको छ ।
मुखियाको चुत्राबेसीमा मोटरसाईकल आगलागी भएको थियो । भने पछि लाखौं धनराशी बराबरका पशु, गोठ जलेर नष्ट भएको थियो ।
छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल र वार्ड नं. ६ का वडा अध्यक्ष कमल पौडेलको बिशेष उपस्थितिमा संस्थाको सम्पर्क कार्यालय बुटवलमा चेक हस्तान्तरण गरिएको वार्ड अध्यक्ष कमल पौडेलले जानकारि दिनु भयो ।