मालारानी गाउँपालिकाका युवाहरुले कृषि बिकास बैंकबाट बिना धितो सहुलियतपूर्ण कर्जा पाउने

अनिल भुसाल  
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। कृषि बिकास बैंक लिमिटेड शाखा कार्यालय सन्धिखर्क र अर्घाखाँची जिल्लाको मालारानी गाउंपालिका बीच गाउंपालिका क्षेत्रका बासिन्दाहरुमा उद्यमशिलताको बिकास गरि स्वरोजगारका अवसरहरु श्रीजना गर्नको लागि एक कार्यक्रमका बीच सम्झौता भएको छ । 
मालारानी गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, बिदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायीक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवर्धन गरी उद्यमशीलता विकास गर्न, वित्तीय पहुंच तथा साक्षरता विस्तार गर्दै कृषि बिकास बैंक लिमिटेड र मालारानी गाउंपालिकाको सहमति र सहकार्यमा यस क्षेत्रको आर्थिक विकासमा महत्वपुर्ण योगदान पु¥याउनु सम्झौता तथा सहमती पत्रको मुख्य उदेश्य रहेको छ । 
सम्झौता अनुसार कृषि बिकास बैंक लि. ले गाउंपालिकाका स्थानीय बासिन्दाहरुलाई बिभिन्न ५ प्रकारका सहुलियतपूर्ण कर्जा बिना धितो प्रदान गर्ने छ । व्यवसायिक कृषि तथा पशुपंछी कर्जा अन्तर्गत रु. १० लाख सम्म, शिक्षित युवा स्वरोजगार कर्जा रु. ७ लाख सम्म, बिदेशबाट फर्केका युवा परियोजना कर्जा रु १० लाख सम्म, महिला उद्यमशिलता कर्जा रु. १० लाख सम्म र दलित समुदाय व्यवसाय बिकास कर्जा रु. १० लाख सम्म गाउंपालिकाको सिफारिस र परियोजनाको सम्भाव्यताको आधारमा कर्जा लगानी गर्नेछ । उपरोक्त बमोजिमका कर्जाहरुमा महिला उद्यमशिलताको हकमा हाल ३ प्रतिशत व्याज र अन्य कर्जाको हकमा ४ प्रतिशत व्याजदर ग्राहकले तिर्नुपर्ने हुन्छ । 
उक्त कार्यक्रमका प्रमुख अतिथि कृषि विकास बैैक ५ न. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापा ज्यू ले कृषि विकास बैंक सरकारी स्वामित्व को बैंक भएको र बैंक को प्रमुख उदेश्य ग्रामिण क्षेत्रमा बित्तीय पहुचको माध्यमबाट धेरै भन्दा धेरै रोजगारी सृजना गरी आर्थिक रुपमा सवल बनाउने रहेको र सो कार्यको लागि गाउपालीकासंग हातेमालो गर्न बैंक तयार रहेको कुरा राख्नु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले सम्झौता अनुसार सहुलियतपूर्ण कर्जाको माध्यमबाट गाउँपालिका क्षेत्रका बासिन्दाहरुमा उद्यमशिलताको बिकास गरि रोजगारीका अवसरहरुको सृजना गर्दै समग्र गाँउपालिकाको आर्थिक स्तर उकास्न सकिने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा मालारानी गाउँपालिकाका सम्पुर्ण कार्यपालिका सदस्यहरु, प्रमुख प्रसाशकिय अधिकृत लगायत पालिकाका सम्पुर्ण कर्मचारीहरु, बुद्धिजिवि बर्गहरु, कृषि बिकास बैंक लि. का कर्मचारीहरु लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।