अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीको काउले ढिकुरामा एक जना युवालाई श्रीकृष्ण जन्माष्टमी अबसरमा तीज गीत कार्यक्रम भईरहेको बेला पछाडिबाट अपरिचित व्यक्तिले मुक्का हान्दा घाइते भएका छन् ।
काउले ढिकुराका चुणामणी पाण्डेका १८ वर्षिय छोरा हुमला पाण्डे श्रीकृष्ण जन्माष्टमी अबसरमा तीज गीत कार्यक्रम भईरहेको बेला मंगलवार राती १०:३० बजे पछाडिबाट अपरिचित व्यक्तिले मुक्का हान्दा घाइते भएका हुन् ।
कुट्पिट मुक्का हान्ने व्यक्तिको फरार छन् । साथै बेहोस् पाण्डेको उपचारको लागि जिल्ला अस्पताल गुल्मी लगिएपनि त्यहाँबाट फेरी मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मुक्का हानी भाग्ने व्यक्तिको खोजी भईरहेको बताएको छ ।