शितगंगा नगरपालिकाका मेयर, उपमेयरले गलत प्रचार गरेको भन्दै आफु फरार नभएको प्रशासकिय प्रमुखको दावी

सुर्य भुसाल
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले आफु कार्यालयको कामले काठमाडौ पुगेका बेला नगरपालिकामा पत्रकार सम्मेलन गरि भागेको भनि गरिएको प्रचारप्रसार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
शितगंगा नगरपालिकामा प्रमुख प्रशासकियको रुपमा आएका उपसचिव गौतम अर्घाखाँचीका कुशल  र राम्रो छबि कमाउन सफल भका उपसचिव हुन् । सहसचिवको लाईनमा रहेका उपसचिव गौतमलाई भागेको भनिएको प्रचारण पुण रुपमा  गलत रहेको र अहिले पनि आफु सरकारी काममा रहेको गौतमले बताउनु भयो  ।
शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारी र उपप्रमुख टिका रेस्मिले आफु अनुकूलका केहि पत्रकार बोलाई पत्रकार सम्मेलनको नाम दिई प्रमुख प्रशासकिय अधिकृत भागेको भनि सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलन सकिए लगत्तै प्रमुख प्रशासकिय अधिकृत गौतमलाई टेलिफोन सम्पर्क गरि सोध्दा आफु भाग्नु पर्ने कुनै कारण नभएको तर पनि आफुका बिपक्षमा नगरपालिकामा गरिएको पत्रकार सम्मेलनले आफु दुखित भएको बताउदै भाग्नु पर्ने कारण नभएको बताउनु भयो ।
प्रशासकिय अधिकृत गौतम सिनियर उपसचिव नेपाल सरकारको सहसचिवका दाबेदार हुन शितगंगा नगरपालिका अस्तब्यस्त भयो भनि गुनासा आउदा गौतमले त्यसलाई चिरेर बिबादास्पद काम सल्जाउने सफल अधिकृत हुन अफिसर गौतम सरकारी काममा जाँदा भागो भन्नु लजास्पद भएको उनि निकट कर्मचारी बताउछन् ।
स्वच्छ छबिका गौतम नेपाल सरकारका हाल सम्मका कुसल प्रशासक र राम्रोसँग काम गर्ने अनुभवी अधिकृत हुन् ।

अन्य समाचारहरु