खाँचीकोटको भुजुङ्गेबासी वर्षौदेखि बाढीपहिरोको त्रासमा, काल नआउँदै पहिरोले मार्ने होकी भन्ने चिन्ता, नगरपालिका-वार्डले केही गरेनन् (भिडियो, फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
भुजुङ्गे, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको भुजुङ्गे वर्षौदेखि बाढीपहिरोको त्रासमा छ ।
 

भुजुङ्गेका बासिन्दा वर्षौदेखि जोखिममा बस्न बाध्य त छन् त्यो माथि यहाँका गाउँलेहरुले राज्यका निकायबाट आश्वासन र अनुगमन बाहेक केहि प्राप्त गर्न सकेका छैनन् । गाउँमा भएका सबै स्थानीयहरु जब वर्षातको समय सूरु हुन्छ तब उनीहरु बाढीपहिरोको त्रासमा बस्नु पर्ने बाध्यता रहदै आएको छ ।
स्थानीय तथा केन्द्र स्तरमा गुनासो गरेतापनि अहिलेसम्म कुनै ठोस पहल हुन नसकेको भन्दै स्थानीयहरु चिन्तित छन् । कतिबेला गाउँ पहिरोले बगाउने हो भन्ने डरमा  बस्न बिवश यो गाउँका बासिन्दा वर्षायाममा ढुक्कसँग बस्न नसकेको गुनासो गरेका छन् ।
बिगतमा यो बस्ति नै कुनै सुरक्षित  स्थानमा  स्थानान्तरण गर्ने पहल भएतापनि त्यसले अहिलेसम्म उचित निकास पाएको छैन् । बिगतका दिनमा मौवबारी तथा झिल्केडाडामा बस्ती स्थानान्तरण गर्ने बिषयमा पहल तथा छलफल भएता पनि सो  प्रयास सफल  हुन सकेन् ।
उता त्यस क्षेत्रका जनता धेरै त्रसित भएको जानकारी पाएर अर्घाखाँची डट्कमको टिमले त्यस क्षेत्रमा बिशेष रिपोर्टिङ गरेको थियो ।  रिपोर्टिङका क्रममा त्यस क्षेत्रका जनप्रतिनिधि तथा सनपा ७ का वार्ड सदस्य रामलाल खनालले आफु त्यस क्षेत्रको समस्या समाधानको लागी सक्दो पहल गर्ने बताए । यसै क्रममा उनले आफुबाट माथिल्लो निकायमा जानकारी र यसको समाधान जिल्ला तथा केन्द्र स्तरबाटै  गर्नु पर्ने  जनाए ।
ठेक्दार, राजनीतिक दल, जनप्रतिनिधीको मिलोमतोमा आर्थिक अनमियता गर्न सजिलो हुने भएकोले सन्धिखर्क नगरपालिका तथा वार्डको आर्थिक वर्षको ठुलो बजेट बाटो खन्न लगाएको देखिन्छ । तर बाढीपहिरो पीडित, विपन्न परिवारलाई कुनै राहत  आएको र पाएको देखिदैन  ।
यस्तै स्थानीय ७३ वर्षिय बृद्ध नर बहादुर नेपालीले काल आउन भन्दा पहिले पहिरोले मार्ने होकी भन्ने चिन्ता प्रकट गरे । उनि सगै अन्य  स्थानीयहरु नर बहादुर नेपाली, आकाश नेपाली, कृष्ण नेपाली लाल कुमार नेपाली, बसन्त नेपाली, बाबुराम शाह, मधु शाह बसन्त नेपाली लगायतका घरहरु उच्च जोखिममा रहेका छन् ।
यता सोही गाउँकै स्थानीय बिर बहादुर नेपाली, गंगा बहादुर नेपाली, भिम बहादुर नेपाली र माया नेपालील्रे भुकम्प पिडितको नामम वार्डबाट सानो सहयोग प्राप्त गरेतापनि भुकम्प पुनर्निर्माण प्राधिकरणबाट कुनै सहयोग नपाएको गुनासो गरे ।
उक्त जोखिमयुक्त बस्तिको तत्काल उचित ब्यबस्थापन गरि जनताको जिउ-धनको सुरक्षा गर्न सम्बन्धित निकायको तत्काल ध्यन जानु आबस्यक देखिन्छ।

अन्य समाचारहरु