अर्घाखाँचीडट्कम संवाददाता
बल्कोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाभर मुस्लिम समुदायले मोहर्रम पर्व मनाएका छन् ।
सन्धिखर्क लगायत छत्रदेव गाउँपालिका वार्ड नम्बर १ र २ बल्कोट र चिदिकाका मुस्लिम समुदायले मोहर्रम पर्व मनाएका हुन् ।
उता जिल्लामा समुदायमा समेत फैलिएको कोरोना संक्रमणलाई बेवास्ता गर्दै जिल्लाभर मुस्लिम समुदायले जमघट भएर मोहर्रम पर्व मनाएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
मुस्लिम धर्म गुरु हजरत इमामे हुसेनलाई स्मरण गर्दै यो पर्व मनाइन्छ । यो पर्वको दिन मुस्लिम धर्मगुरुको प्रतिकस्वरप विभिन्न प्रकारका तहिजिया बनाई त्यसलाई पूजा गरी नगर परिक्रमा गर्दै खोला- नदीको तिरमा लगेर सेलाउने गरिन्छ ।
पछिल्लो समय मुस्लिमसँगै हिन्दू समूदाय पनि यो पर्वमा सँगै सरिक हुन थालेका छन् । आजभन्दा करीब १ हजार ४ सय ५० बर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मृत्युवरण गरेका इस्लामिक गुरु हजरते हुसेनको सम्झनामा तहजिया निर्माण गरी यो पर्व मनाउन थालिएको हो । त्यसैले यो पर्वलाई दुःखको त्यो दिनलाई स्मरण गरी मनाउने पर्वका रुपमा लिइन्छ ।