शितगंगा नगरपालिका-१३ का वडाअध्यक्षद्धारा व्यापक अनमियता, सुचना लुकाएर आफ्नै श्रीमतीलाई स्कुलको जागिर खुवाए

अशोक पौडेल
सिमलपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीका वडाअध्यक्षले सुचना लुकाएर आफनै श्रीमतीलाई जागिर खुवाएको खुलासा भएको छ । 
वार्ड नः १३ का वडाअध्यक्ष दुर्गा बिसीले आफनै श्रीमतीलाई बिद्यालयमा जागिर खुवाउन बिद्यालयसँग मिलेर सूचना लुकाएका हुन् ।
वार्ड नः १३ मा रहेको श्री बुद्ध आधारभुत बिद्यालयमा नेपाली बिषयका लागी राहात कोटामा आवेदन गरिएको सुचना गुपचुप गरी आफ्नै श्रीमतीलाई जागिर खुवाएपछि अहिले चौतर्फी बिरोध भईरहेको छ । लकडाउनको समयमा वडाअध्यक्षको आग्रहमा बिज्ञापन निकाल्दै त्यसलाई लुकाएर एकलौटी रुपमा नतिजा समेत प्रकाशन गरी सकेका छन् ।
अच्चमको बिषय त के छ भने उक्त सूचना लुकाइएका कारण वडाअध्यक्ष बिसीकी श्रीमती मात्र परिक्षामा सहभागी भएकी थिइन् । शिक्षा नियमानुसार एक जना मात्रै सहभागि भएको खण्डमा पुनः सूचना निकाल्नु पर्ने प्रावधान रहेको छ ।
यस बिषयमा बिद्यालयका प्रअसंग बुझ्न खोज्दा आवाज बुझीएन, साँझ बिहान कुरा गर्ने भन्दै टारेको छन । यसरी सूचना लुकाउनमा स्वयम प्रअ आफै पनि मिलेको बुझिएको छ । उता वडाअध्यक्ष दुर्गा बिसिले सबै ठाउँमा सूचना राखीएको र शिक्षा नियमावली अनुसारनै परिक्षा भएको बताएका छन । जहाँ ४ जनाले परिक्षा दिएको समेत उनी बताउछन्, तर साउन २० गते १५ दिने निकालिएको सूचना वार्ड कार्यालय  र बिद्यालयमा नटासिएको स्थानियहरु बताउछन् ।
लकडाउनका कारण छ महिना देखि बन्द रहेको बिद्यालयमा वडाअध्यक्षको श्रीमतीलाई जागिर खुवाउने बाहनामा सूचना निकाल्नुनै गलत रहेको सरोकारवालाहरु बताउछन् । 

अन्य समाचारहरु