अर्घाखाँचीमा चेम्बर अफ कमर्स संरक्षक देवराज श्रेष्ठले दर्जनौ आरोप लगाउदै राजिनामा दिए

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाल चेम्बर अफ कमर्स अर्घाखाँचीका संरक्षक देवराज श्रेष्ठले चेम्बर अफ कमर्सकाे साधारण सदस्य समेत नबस्ने गरि राजिनामाकाे घाेषणा गरेका छन् ।
चेम्बर अफ कमर्स अर्घाखाँचीका संरक्षक देवराज श्रेष्ठले चेम्बरको कार्य प्रति असन्तुस्ट व्यक्त गर्दै साधारण सदस्य समेत नबस्ने गरि आईतबारदेखि राजिनामाकाे घाेषणा गरेका हुन् ।
पत्रकारहरूसँग आफ्ना भनाईहरू राख्दै श्रेष्ठले चेम्वर अफ कमर्शले उद्योग ब्यापारिहरूकाे हितमा काम गर्न नसकेकाे, बैठक र कार्यक्रमहरूमा सहकार्य नगरि मनाेमानी ढंगले काम गरेकाे आफु संरक्षक भएपछि अहिलेसम्म साेध खाेज नगरेकाे कारण आफुले राजिनामा दिएको उहाँले बताउनु भएकाे छ ।
श्रेष्ठले २०७५ सालमा अत्यन्त मिहनतका साथ केन्द्रबाट स्वीकृति लिइ नगर चेम्वर अफ कमर्शकाे गठन गरि अध्यक्षकाे जिम्मेवारी सम्हाली अर्घाखाँचीमा चेम्वरकाे स्थापना गरेकाे बताउनु भयाे । पछि नगर च्याम्वर लाई जिल्ला शाखामा समायोजन गर्ने निर्णय अनुसार आपसि समझदारिमा २०७६ , भाद्र १८ गते चेम्वर जिल्ला गठन गरि आफु संरक्षक पदमा रहेकाे उहाँले बताउनु भयाे ।
उहाँले ,श्रर्द्धा स्टाेर एण्ड सप्लायर्स , नवीन हार्डवेयर ,रियासा स्टाेर सप्लायर्स , रिजु ट्रेडिङ सेन्टर र समर स्टिल लगायतका फर्महरू चेम्वरकाे सदस्यताबाट हटाईदिन समेत राजिनामा पत्रमा उल्लेख गर्नु भएकाे छ ।
केन्द्रीय च्यम्वरलाई लेखियकाे राजिनामा पत्रकाे बाेदार्थ जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र नेपाल चेम्वर अफ कमर्स जिल्ला शाखा सन्धिखर्कलाई समेत दिएकाे श्रेष्ठले बताउनु भयाे ।
अर्घाखाँचीमा  चेम्बर अफ कमर्स लामो समयदेखि विवादमा आएको देखिन्छ ।

अन्य समाचारहरु