वाङ्लामा कांग्रेस वार्ड कार्य समितिले आफ्ना कार्यकर्ताको कोरोना विमा गरिदियो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लामा नेपाली कांग्रेस वार्ड कार्य समितिले आफ्ना कार्यकर्ताको कोरोना विमा गरिदिएको छ ।
नेपाली कांग्रेसमा आस्था राख्‍ने २८४ जना कार्यकर्ताको सगरमाथा इन्स्योरेन्स बाट कोरोना विमा गरिदिएको वडा सभापति ‍राम प्रसाद भट्टराईले वताउनुभयो । उहाँका अनुसार अबको केहि दिन भित्रै थप ३०० जनाको कोरोना विमा गरिदिने गरी समन्वय भएको छ ।
कोरोना बिमालेख हस्तान्तरण कार्यक्रममा सगरमाथा इन्स्योरेन्स अर्घाखाँची शाखा प्रमुख राजन शर्माको समेत उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु