देशभरी मलको अभाव, सर्लाहीमा भने डीएपी मल पर्याप्त

सर्लाही । देशभरी मलको अभाव भइरहँदा सर्लाहीमा भने डीएपी मल पर्याप्त रहेको पाइएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले समयमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा कृषकले डीएपी बिना नैै रोपाइँ गर्नु पर्‍यो भने मल गोदाममा थन्किएर रह्यो ।
गोदाममा थन्किएको डीएपी मल अहिले कृषि सामग्री कम्पनीले बिक्रीको सूचना निकालेको छ ।
धान रोप्ने बेलामा असारअघि सर्लाहीको कृषि सामग्री कम्पनीमा एक सय टनभन्दा धेरै मल स्टक रहेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख दिपक बर्मले जानकारी दिनुभयो ।
तर, त्यस बेला कम्पनीका यसअघिका प्रमुख अवकाश भएको र नयाँ आइनपुग्दा बेच्न नसकिएको प्रमुख बर्मले जानकारी दिनुभयो ।
सर्लाहीमा धान खेती हुने झण्डै ४६ हजार हेक्टर जग्गामा रोपाइँ हुने र प्रति हेक्टर ६५ केजी डीएपी रोपाइँको बेला प्रयोग गर्नुपर्ने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । ईमेजच्यानलमा समाचार छ ।