रमेश बिक
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका वार्ड नं. ५ बाँगीको आरुखोरका ६० घर धुरी खानेपानी अभावका कारण दैनिक १ गाग्री पानीका लागि २ घण्टा लाइनमा बस्नुपर्ने बाध्यता रहेकाे छ ।
बिहान सात बजे आउने पानिका लागि पाचँबजे देखिनै धारोमा लाइनमा बस्नुपर्छ, मिलन टोल आपाका पाटा गरि करिब ६० घर धुरिले उपभोग गर्ने धारोमा पर्सस्त पानी नआउदा बिहानै उठेर स्कुल जाने बिद्यार्थी समेत पनिको लाइनमा लाग्नुपर्ने बाध्यता छ ।
कहिले काहिँ त त्यहि पानी पनि आउदैन, स्थानीय युवा बिस्नु बिक भन्छन् पानिकै कारण धेरै जसाे झैझगडा सम्म हुने गर्दछ । चुनाबमा घर-घर सम्म खानेपानिको धारा पुराइदिने बाचा गरे पनि चुनाब जितेर गएपछि एक पटक पनि जनप्रर्तिनिधि फर्किएर नआएको गुनासो स्थानीयहरुको रहेकाे छ ।
ठुलो संख्यामा दलित बस्ती रहेकोले चुनावमा घर सम्म ल्याउने पाइप ल्याईदिने वचन चुनावमा गरेपनि समस्या जहाँकाे तहि रहेकाे स्थानीय बिजुल बिकले भने । पानीकाे समस्या जहाँकाे तहि छ, जनप्रतिनिधि हरुको आखाँ चुनावमा मात्रै गएकाे र त्यसपछि वास्ता नगरेकाे स्थानीयले आरोप लगाएका छन् ।