अर्घाखाँचीमा सवारी ज्यान मुद्धामा फरार भएका १ जना अभियुक्त पक्राउ

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सवारी ज्यान मुद्धा फरार भएका १ जना अभियुक्तलाई पक्राउ गरेको छ । 
फैसला कार्यान्वयन अन्तर्गत फरार अपराधी पक्राउ अभियान अन्तर्गत  शुक्रबार सवारी ज्यान मुद्धाका १ जना फरार अभियुक्तलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।  
अदालतको फरार सुचिमा रहेका र फैसला कार्यान्वयन बमोजिम फरार सुचिमा रहेका सवारी ज्यान मुद्दाका फरार अभियुक्त साविक जलुके गा.वि.स.५ हाल शितगंगा नगरपालिका वार्ड नं.९ बस्ने वर्ष ४६ को पुनराम गाहालाई नियन्त्रणमा लिई निजलाई  लागेको कैद जरिवाना असुल गर्न जिल्ला अदालत अर्घाखाँचीमा वुझाईएको हो । 

अन्य समाचारहरु