अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला ट्राफिक प्रहरीले सन्धिखर्क-गोरूसिङ्गे सडक खण्डमा बढी भाडा उठाउने सवारी साधनलाई कारबाही शुरु गरेको छ ।
ट्राफिक प्रहरीले सन्धिखर्क-गोरूसिङ्गे सडक खण्डमा चल्ने हरेक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई बढी भाडा लिए नलिएको सोधपुज गरी बढी भाडा उठाउनेलाई कारबाही शुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत पोष्ट बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधनका चालक, सह-चालक र सवार यात्रुहरुलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक ब्यबस्थापन सम्बन्धि, कोरोना भाईरस (कोभिड-१९) बाट कसरी सुरक्षिरत हुने सम्बन्धि बिषयमा चालक सह-चालक र सवारी साधनमा सवार यात्रुहरु २ पटकमा ४० जनालाई सवारी साधन भित्र गई प्रशिक्षण दिई सवारी साधनले बढी भाडा लिए नलिएको सोधपुज गरी बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।