अर्घाखाँचीभरका क्वारेन्टिनमा बस्नेको संख्या शनिबार १२२ जना पुग्यो, आज ८ जना डिस्चार्ज भए, ९ जना थपिए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा शनिबारसम्म  १२२  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १२२ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ८  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ७३ जना रहेको छ । 
जिल्लाको भुमिकास्थान नगरपालीकाको आईसोलेशनबाट शनिबार ३ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।  यो सँगै अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बिहीवारसम्म  ३९२ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ११   जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ७७  जना, शितगंगा नगरपालिकामा ७८,   भूमिकास्थान नगरपालिकामा १२२, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । 
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४०७  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ८७,  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४०१ जना संक्रमित रहेका छन् ।     
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।   
  
साथै शनिबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ९ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४६  स्थानमा ९०५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ११ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
 

अन्य समाचारहरु