शितगंगा – १२ ठाडाको कोठिया मैदानका पहिरो पिडितलाई राहत सहयोग गर्नेहरु बढ्दै, शितगंगा सेवा समाजले आवास निर्माण गरिदिने

जनक के.सी 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड  नम्बर १२ ठाडाको  कोठिया मैदानका पहिरो पिडितहरुका लागि राहत सहयोग गर्नेहरु बढ्दै गएका छन् । गत ९ गते जोख्लेगैरा मैदान गाँउ भासिएर २६ घर पुर्ण रुपमा क्षति भएका छन भने अन्य करिव ३५ घर परिवार बिस्तापित भए पछि यति बेला बिभिन्न संघ सस्थाहरुले राहत लिएर आउन थालेका छन् ।
बर्षका कारण शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेसेरा र १२ ठाडाको  कोठिया मैदानमा मा ठुलो क्षति पुराएको छ । गाँउ भासिदै गएको छ । वडा नम्बर १२ का पिडितहरुलाई आज शितगंगा सेवा समाजले ४५ हजार नगद सहयोग गरेको छ सस्थाको तर्फबाट ४० हजार तथा सस्थाका आर्थिक सल्लाहकार अर्जुन भुसालबाट प्रदान भएको रु ५००० संस्थाका सचिव सुन्दर आचार्य शितगंगा संयोजक झनक केसी,घनश्याम पराजुली लगायतको समुहले पिडितहरुको घर निमार्णको लागि सहयोग होस भन्दै वडा अध्यक्षलाई उत्त रकम हस्तान्त्ररण गरेका हुन । 
साथै शितगंगा सेवा समाजले आगामी दिनुमा समेत सहयोगी हात अगाडी बढाउने सचिव आर्चायले बताउनु भयो पहिरोमा परे पछि सस्थाका सदस्यहरु उद्धारमा समेत निरन्तर खटिरहेकोले पिडितहरुको साथमा शितगंगा सेवा समाज सधै तयार रहेको आवस्यक परे नमुना बस्ती बनाउन विभिन्न सङ्ग संघ सस्थालाई आग्रह गरेर हुन्छ या अभियाननै चलाएर सहयोग गर्ने शितगंगा संयोजक झनक केसीले बताउनु भयो । शितगंगा सेवा समाजले बिगतमा समेत यस क्षेत्रको शिक्षा सुधारका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । शितगंगा नगरपालिकाका हरेक माबिहरुमा कम्प्युटर शिक्षा लागु गर्न भन्दै कम्प्युटर हस्तान्त्ररण बिभिन्न खेलकुद कार्यक्रम,सास्कृतिक कार्यक्रम तथा बिभिन्न अप्ठेरोमा परेकाहरुलाई निरन्तर सहयोग गर्दै आएको शितगंगा सेवा समाज शितगंगा नगरपालिकाका सबै स्थानका युवाहरुको साझा संगठन समेत हो ।
काठमाडौमा बसोबास गर्ने अर्घाखाँचीका विभिन्न सस्थामा आवद्ध समेत रहेर सामाजिक अभियान्ताहरुले समेत नगद सहयोग गरेका छन शितगंगाका स्थानिय बासिन्दा समेत रहुभएका शालिकराम अधिकारी सामाजिक सञ्जालमै अभियान सञ्चालन गरि यस अघि समेत पिडितहरुलाई लत्ताकपडा टेन्ट त्रिपाल सहयोग गर्नु भएको थियो भने अहिले पुन सामाजिक अभियान्ता शालिकराम अधिकारी, सचिन पाण्डे,र शिबदेब पाण्डेको पहलमा सहयोग संकलन गरि आज नगद हस्तान्त्ररण गर्नु भएको हो ।आज नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथा उपप्रमुख टीका रेस्मी ,वडा अध्यक्ष बाबुराम गैरेलाई अभियान्ताहरु अधिकारी तथा पाण्डेले वडा नम्बर १२ मा ६५ हजार ५ सय को चेक हस्तान्त्ररण गर्नु भयो भने बाँकी रकम वडा नम्बर ११ मा सहयोग गर्ने अभियान्ता पान्डे र अधिकारीले जानकारी दिनु भयो आज दुबै वडामा गरि १ लाख १ हजार ३६५ नगद सहयोग गरेका अभियान्ता सचिन पाण्डेले जानकारी दिनु भयो । यस्तै अभियान्ता शालिकराम अधिकारीले आगामी दिनमा समेत बिभिन्न स्थरबाट पहल गरि पिडितहरुको सहयोगमा तत्पर रहने बताउनु भयो । शितगंगाबासी समेत भएकोले आफु यो पिडाले र्ममाहित भएकोले पनि सबैको स्थायी बसोबास नहुँदा सम्म सहयोग गर्न तयार रहेको बताउनु भयो । यस्तै आजनै शितगंगा नगरपालिका ४ निबासी बिष्णु बेल्बासे र पाणेनी निबासी अर्जुन घिमिरेले समेत बिदेश साउदी अरबबाट अप्ठेरोमा परेकाहरुलाई राहत होस तथा अन्य सबैले समेत सानो सहयोग गरेमा ठुलो राहत हुनै भन्दै रु ५ हजार पठाएकोमा उहाँका परिवार सदस्य पार्वता बेल्बासेले पिडितहरुलाई उत्त रकम हस्तान्त्ररण गर्नु भएको थियो।
तेस्तै जेसिआइ (JCI) शिद्धाथ लेडी समुहले तथा लायन्स क्लव अफ सिद्धार्थ नगर लोटसले समेत पहिरो पिडितहरुलाई राहत बितरण गरेको छ । आज शितगंगा नगरपालिका १२ मा जेसिगिता गैरे बन्जाडे र जेसितुलसा भुसालले वडा अध्यक्ष बाबुराम गैरेलाई नगद ३० हजार र अन्ग खाद्ययान्न समाग्री हस्तान्त्ररण गरेका छन । गत ९ गते जोख्ले गैरा मैदान गाँउनै भासिए पछि उनिहरु बिस्तापित भएर खुल्ला आकाश मुनि बस्नेका छन् भने कोही आफ्न्तकोमा कोही बिभिन्न स्थानमा त्रिपाल टागेर बसेका छन उनिहरुसबेले एकै ठाँउमा बसोवास गर्ने गरि छिटो भन्दा छिटो बाको ब्यवस्थापन गर्न अनुरोध समेत गरेका छन । नगरपालिका प्रमुख अधिकारी तथा उपप्रमुख रेस्मिले स्थायी बशोबासको लागि उचित स्थानको खोजी भइरहेको बताएका छन सबैको समस्या समाधाको लागि नगरपालिका हरेक दिन लागि परेकोले सबै पिडितहरुलाई आत्मबल बढाउन अनुरोध समेत गरेका छन ।कार्यक्रमको सन्चालन तेजेन्द्र पाण्डेले गर्नु भएको थियो आगामी दिनमा सबै मिडिया सहयोगीमन हातेमालो गर्दै एउटा सुन्दर बस्ती निर्माण गरौ भन्दै सबैको ध्यानाकर्षण गर्नु भएको थियो ।  

अन्य समाचारहरु