अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाद्वारा ठाडाको कोठिया मैदानका पहिरो पीडितलाई सहयाेग प्रदान

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको कोठिया मैदान पहिरो पीडितलाई सहयाेग प्रदान गरेको छ ।
अर्घाखाँचीबाट राेजगारीकाे लागि काेरिया गएका युवाहरूले संकलन गरेको १ लाख ५५ हजार रुपैया हस्तान्तरण गरिएको छ । 
आज एक कार्यक्रमका बिच नगर प्रमुख सुर्य प्रसाद अधिकारीलाई हस्तान्तरण गरेकाे मञ्चका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिनुभयो ।
 मञ्चले अर्घाखाँचीका विभिन्न प्राकृतिक बिपदमा परेकालाई सहयोग गर्दै आएकाे छ । 
कार्यक्रममा शितगंगा १२ का वडाअध्यक्ष बाबुराम गैरे, १४ का अध्यक्ष दामोदर न्याैपाने, , नेपाली कांग्रेस प्रचारप्रसार विभागका संयाेजक माधवप्रसाद पाैडेल , अर्घाखाँची सम्पर्क मञ्चका निबर्तमान अध्यक्ष युवराज पाण्डे , निबर्तमान सचिव झविन्द्र बेल्बासे, निबर्तमान उपाध्यक्ष हेमराज पाेख्रेल लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु