सिद्धारामा टोप बहादुर रायमाझीद्वारा नयाँ तथा पुराना योजनाहरूको स्थलगत अनुगमन

घनु गाहा
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धारामा पूर्व उपप्रधान मन्त्री टोप बहादुर रायमाझीले विभिन्न स्थानका नयाँ तथा पुराना योजनाहरूको स्थलगत अनुगमन गर्नु भएको छ ।
अर्घाखाँची क्षेत्रबाट प्रतिनिधी सभाका सदस्य रहेका रायमाझीले विभिन्न योजना तथा आगामी योजनाका विषयमा स्थलगत अनुगमन गर्नुभएको हो ।
वडा नं. ९ को विकासका लागि अन्य धेरैकाम बाँकी रहेकाले नयाँ योजनामा समेट्न शितगंगा ९ का अध्यक्ष भिम केसीले ध्यानाकर्षण गराउनु भएको थियो ।
संसद रायमाझीले गुरूयोजना अनुरूप विकास गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अनुगमनका क्रममा स्थानियले विद्युत, मोटरबाटो, पुल लगाएतका आवश्यक पुर्वाधार निर्माण नहुँदा जनताले सास्ती बेहोर्नु परेको गुनासो पोखेका थिए ।
अनुगमन टोलीमा वडा सदस्य खुम बहादुर लुईचे, युवा नेता पदम केसी, विष्णु परियार (गोकुल), रातो प्रेस डटकमका पत्रकार घनु गाहा, उज्यालो सामाजिक विकास संस्थाका सह-सचिव केबल परियार लगाएतको टोली रहेको थियो ।

अन्य समाचारहरु