शितगङ्गा पहिरो पिडितलाई बस्ती निर्माण गर्न दुवईबाट २२,००० हजार सहयोग

ईश्वर बन्जाडे / जनक केसी 
ठाडा, अर्घाखाँची कार्तिक १ । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड न. १२ ठाडाको जोख्लेगैराका विस्तापित परिवारलाई दुवईबाट पहिलो चरण भन्दै विभिन्न संघ सस्थामा आवद्ध अभियान्ताहरुबाट २२,००० हजार सहयोग भएको छ ।  
जोख्लेगैराका करिव २५ घर पुर्ण रुपमा क्षति तथा अन्य २३ घर परिवार विस्तापित हुने गरि भएको प्राकृतिक प्रकोपको भएको बेला नमुना बस्ती निर्माणका लागि बैदेशिक रोजगारको  सिलसिलामा दुवई पुगेर आफ्नो गाँस काटेर बस्ती निर्माणका लागी आर्थिक सहयोग जुटाएका हुन् । 
अर्घाखाँची सम्पर्क समिति युएईका केन्द्रीय अध्यक्ष कृष्ण भुसाल, दुवई क्षेत्रीय समितिका अध्यक्ष जीवन रायमाझी,उपाध्यक्ष इस्वरी बन्जाडे र के.पि.न्यौपाने , संरक्षक कृष्ण प्रसाद गैरे , सचीव पदम आचार्य ,कोषाध्यक्ष बलराम न्यौपाने , सदस्य नारायण पान्डे, लगायतको पहलमा सहयोग भएको हो । 
यस्तै रजिया जोख्लेगैराका पहिरो पीडितहरुलाई वस्ती निर्माण अभियानमा सहयोगको लागी AED 700 (दिराम ) तथा आजको एक्चेज रेट अनुसार रु-२२०००(बाईस हजार नेपाली रुपैया ) शितगंगा समिति युएईका उपाध्यक्ष  प्रेमबहादुर बगल्दार मगर प्रबक्ता संजिब बेल्बासे सदस्य श्री हरि बि.सिको टोलिले लिएको थियो । 

अन्य समाचारहरु